एजेन्सी । विमान दुर्घटनामा निधन भएका इन्ग्लिश प्रिमियर लिग क्लब कार्डिफ सिटीका स्ट्राइकर इमिलियानो साला चढेको विमानका चालक (पाइलट) अयोग्य भएको तथ्य फेला परेको छ ।
फ्रेन्च क्लब नान्टेसबाट कार्डिफमा अनुबन्धित भएर त्यसतर्फ जाँदै गर्दा साला चढेको विमान गत माघमा च्यानल आइसल्याण्डमा दुर्घटना भएको थियो । उक्त दुर्घटना भएको दुई सातापछि समुन्द्र मुनि साला चढेको विमान फेला थियो ।
अर्जेन्टिनाका स्ट्राइकर साला चढेको विमान ६० बर्षिय डेभिड इबोटसनले उडाएका थिए । तर, पाइलट इबोटसनसंग राति उडान भर्न लाइसेन्स नभएको तथ्य फेला परेको बीबीसीले जनाएको छ ।
दुर्घटनापछि गठन गरिएको छानबिनले इबोटसनसंग दिनमा मात्र उडान भर्ने लाइन्सेस रहेको फेला परेको छ । उक्त दुर्घटना हुनुको कारण पाइलट दोषी रहेको देखिएको छ ।