एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा आज (शनिबार) विभिन्न चार खेलहरु हुँदैछ । ला लिगामा शनिबार शीर्ष स्थानको बार्सिलोना, एट्लेटिको मड्रिड लगायतका क्लबले प्रतिस्पर्धा गर्ने छन् ।
घरेलु मैदानमा बार्सिलोनाले स्पानियोलको सामना गर्नेछ । बार्सिलोना र स्पानियोलबीचको खेल रति ९ बजे सुरु हुनेछ ।
स्पानियोलविरुद्ध मैदान उत्रदा बार्सिलोना जित निकाल्दै शीर्ष स्थानको अग्रता फराकिलो बनाउने योजनामा हुनेछ । बार्सिलोनासंग कप्तान लियोनल मेस्सी टिममा रहने छन् । यस्तै लुइस स्वारेज, फिलिपे कौटिन्होको साथ रहने छ ।
बार्सिलोनाले २८ खेलबाट ६६ अंक जोडेको छ । बार्सिलोना दोस्रो स्थानको एट्लेटिको मड्रिड भन्दा १० अंकले अघि रहेको छ ।स्पानियोल ३४ अंकसहित लिगको १३ औं स्थानमा रहेका छन् ।
एट्लेटिको मड्रिडले डीपोर्टिभो अलाभेससंग खेल्नेछ । एट्लेटिको अलाभेसलाई हराएर बार्सिलोनासंगको अंक दुरी कम गर्न चाहन्छ । एट्लेटिकोको ५६ अंक रहेको छ ।
यस्तै अन्य खेलमा गेटाफेले लेगानेस तथा सेल्टा भिगोले भिया रियलसंग खेल्नेछ ।