काठमाडौं । हेटौडामा जारी दोस्रो भूगर्भ सिमेन्ट मकवानपुर गोल्डकपको उपाधि भिड्न आज (शनिबार) हुँदैछ । फाइनलमा भिड्दै छन्- आयोजक मकवानपुर-११ र क्यामरुनी क्लब दाउफिन्स ।
हेटौडाको फेरेष्टि मैदानमा दुवै टोली उपाधि उचाल्ने लक्ष्यसहित मैदान उत्रने छन् । फाइनल खेल दिउँसो साढे २ बजे सुरुहुनेछ ।
दुई टोलीबीचको खेल निकै प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ । आयोजक मकवानपुर उपाधि घरमै राख्न चाहन्छ । यता, दाउफिन्स अर्को मोफसलको उपाधि उचाल्न चाहन्छ ।
सेमिफाइनलमा आयोजकले नेपाल पुलिस क्लबलाई १–० ले पराजित गर्दै फाइनल पुगको हो । आयोजक मनवानपुरलाई घरेलु दर्शकको साथ रहनेछ ।
यस्तै तनावपुर्ण खेलमा रुस्लान थ्रीस्टारलाई पेनाल्टी सुटआउटमा हराउँदै दाउफिन्स उपाधि नजिक पुगेको हो । मोफसल प्रतियोगिता खेल्न नेपाल आएको दाउफिन्सले ४ उपाधि हात पारिसकेको छ । उसले पाचौँ उपाधिका लागि मकवानपुर गोल्डकप खेल्न लागेको हो ।
दाउफिन्सले मनकामना केवलकार पोखरा कप, बुढासुब्बा गोल्डकप, तिलोत्तमा गोल्डकप र माइभ्यालीको उपाधि हात पारिसकेको छ ।
प्रतियोगितको विजेताले ८ लाख पाउनेछन् । उपविजेता टिमले ४ लाख पाउनेछ । यस्तै आयोजकले प्रतियोगिताको सर्बाेत्कृष्ट खेलाडीले ५० हजार पाउने जनाएको छ ।