एजेन्सी । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा शनिबार दुई खेल हुँदैछ ।
शनिबार हुने पहिलो खेलमा किङ्गस इलाभेन पन्जाब र मुम्बई इण्डियन्सले प्रतिस्पर्धा गर्नेछन् । यस्तै दोस्रो खेलमा दिल्ली क्यापिटल्स र कोलकत्ता नाइटराइडर्सबीच खेल हुनेछ।
चन्द्रिगढमा हुने पन्जाब र मुम्बईबीचको खेल अपरान्ह ४:१५ मा सुरु हुनेछ । दुवै टोली दोस्रो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् । दुवै टोलीले अघिल्ला २ खेलमा एक हार र एक जित निकालेका थिए ।
पाँचौ स्थानको पन्जाबको २ अंक छ । यस्तै छैटौं स्थानको मुम्बईको पनि २ अंक रहेको छ ।
यस्तै नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको दिल्लीले शीर्ष स्थानको कोलकत्तासंग खेल्नेछ । दिल्ली र कोलकत्ताबीचको खेल बेलुका ८:१५ मा सुरु हुनेछ ।
दिल्लीको घरेलु मैदानमा कोलकत्ता लगातार तेस्रो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छ । शीर्ष स्थानको कोलकत्ताले ४ अंक जोडेको छ ।
दुई अंक जोडेको दिल्ली दोस्रो जितको खोजीमा हुनेछ । दिल्ली तेस्रो स्थानमा रहेको छ ।
कोलकत्ताविरुद्ध दिल्लीले नेपाली लेग स्पिनर सन्दीपलाई मैदान उत्राने सम्भावना बलियो रहेको छ । दिल्लीले अघिल्ल्ला दुई खेलमा सन्दीपलाई खेलाएको थिएन् ।