एजेन्सी । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले जितका लागि सनराईजर्स हैदरवादलाई १९९ रनको लक्ष्य दिएको छ ।
हैदरवादस्थित राजिब गान्धी क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले पुरै २० ओभरमा २ विकेट गुमाएर १९८ रन बनायो ।
राजस्थानको लागि सन्जु सामसनले अविजित रहदै १०२ रनको शतकीय इनिङस खेले । सामसनले ५५ बलमा १० चौका र ४ छक्का प्रहार गरे । जारी आईपीएलमा सामसनको शतक पहिलो शतक हो ।
यस्तै कप्तान अजिंका रहानेले ७० रनको अर्धशतकीय इनिङ्स खेले । जोस बटलर ५ रनमा आउट हुँदा बेन स्टोक्स १६ रनमा अविजित रहे ।
हैदरवादका राशिद खान र शहबाज नदीमले एक एक विकेट लिए ।
आज दुवै टोली पहिलो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएका छन् । दुवै टोली पहिलो अंकको खोजीमा रहेका छन् ।