काठमाडौं । राजधानीमा जारी ललित स्मृति यू–१८ फुटबल च्याम्पियनसिप फुटबलको क्वाटरफाइनल समीकरण पुरा भएको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार रमपम झापा ११ र संकटा क्लबबीचको खेल सकिएसंगै प्रतियोगिताको क्वाटरफाइनल समीकरण पुरा भएको हो । शुक्रबार भएको खेलमा झापाले संकटालाई ३–० ले पराजित गर्यो ।
प्रतियोगिताको समूह 'ए' बाट साबिकको विजेता आर्मी र जगदम्बा लुम्बिनी, समूह 'बी' बाट मोफसलको मोरङ फुटबल क्लब र ब्रिगेड ब्वाइज, समूह 'सी' बाट मोफसलको रमपम झापा ११ र च्यासल युथ क्लब तथा समूह 'डी' बाट फ्रेन्ड्स क्लब र हिमालय शेर्पा क्लब क्वाटरफाइनल प्रवेश गरेका छन् ।
अब क्वाटरफाइनलमा मोरङ र च्यासल, झापा र ब्रिगेड, आर्मी र हिमालयन शेर्पा तथा फ्रेन्ड्स र लुम्बिनीले प्रतिस्पर्धा गर्ने छन् ।