एजेन्सी । इन्ग्लिश क्लब म्यानचेस्टर युनाईटेडका मुख्य प्रशिक्षक ओले गुनर सोल्सायरले क्लबका खेलाडीले कडा परिश्रम गर्नु पर्ने आवश्यकता बताएका छन् ।
अन्तरिम प्रशिक्षक रहेका सोल्सायरले क्लबको स्थायी प्रशिक्षकमा नियुक्त भएपछि खेलाडीलाई कडा परिश्रमको चुनौती दिएका हुन् । युनाईटेडले सोल्सायरलाई बिहिबार ३ बर्षको लागि प्रशिक्षक नियुक्त गरेको थियो ।
'हामी अघि बढ्ने प्रयासमा छौँ । हामीले कडा परिश्रम गर्नु पर्नेछ,' सोल्सायरले भने ।
४५ बर्षीय सोल्सायरले युनाईटेड पछि पर्ने क्लब नरहेको कारण क्लबलाई अघि बढाउन खेलाडीले मेहेनत गर्नु पर्ने बताए ।
'म चाहन्छु युनाईटेड कडा परिश्रम र फिटनेस टोली होस् र जसले नतिजा ल्याउने छ,' सोल्सायरले थपे, 'खेलाडीहरुलाई थाहा छ म लामो समयको लागि क्लबमा छु । खेलाडी आत्मसन्तुष्ट हुँदैन भने यहाँ टिक्दैन ।'
युनाईटेडले सोल्सायरलाई प्रशिक्षक नियुक्त गरेपछि क्लबले लय समातेको थियो । सोल्सायर आएपछि युनाईटेडले १३ खेलमा एक मात्र हार व्यहोरेको थियो । यस्तै युनाईटेडले च्याम्पियन्स लिगमा पेरिस सेन्ट जर्मेन (पीएसजी) माथि पुनरागमन जित निकाल्दै अन्तिम आठको यात्रा समेत तय गरिसकेको छ ।