काठमाडौं । भारतमा भ्रमणमा रहेको यू-१९ नेपाली टोलीले पाँचौ अभ्यास खेलमा जित निकालेको छ ।
बिहिबार भएको खेलमा नेपाली टोलीले भारतको आन्ध्र प्रदेशको यू-१९ टोलीलाई ५ विकेटले हराएको हो ।
आन्ध्र प्रदेशले दिएको २२१ रनको लक्ष्य नेपालले ४८ ओभर २ बलमा मात्र ५ विकेट गुमाएर पुरा गर्यो । नेपालको जितमा मोहमद आसिफ शेखले ६५ रनको अर्धशतकीय इनिङ्स खेले ।
यस्तै भिम सार्की र रोहित पौडेलले समान ४५/४५ रन जोडे । रबी कुमार साहले ३७ रन बनाए ।
आन्ध्रका एमके दत्त रेड्डी, बी सन्तोष,आई इस्मेल,एसएमडी कामील र नितेश कुमारले समान १/१ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको आन्ध्रका रबी किरणले ४५ रन जोड्दा सुब्रमन्यनले ३८ रन बनाए । यस्तै दरानी कुमारले ३७ रन बनाए ।
नेपालका पवन सर्राफ र सुर्य तामाङले समान २/२ विकेट लिए ।