एजेन्सी । संयुक्त अरब ईमिरेट्स् (युएई) ले टेष्ट राष्ट्र जिम्बाबेसंग एकदिवसीय क्रिकेट सिरिज खेल्ने भएको छ ।
जिम्बाबेको घरेलु मैदानमा हुने सिरिज ४ खेलको हुनेछ । सिरिज अप्रिल १०-१६ सम्म हरारेमा हुनेछ ।
हालै डिभिजन-२ मा रहेको अमेरिकासंग टी-ट्वान्टी सिरिज खेलेको युएईले टेष्ट राष्ट्रसंग खेल्न लागेको हो । युएई यस बर्ष निकै व्यस्त रहेको छ ।
युएईले गत जनवरी २५ देखि फेब्रुवरी ३ सम्म नेपालसंग एकदिवसीय र टी-ट्वान्टी सिरिज खेलेको थियो । उक्त भ्रमणमा युएईविरुद्ध नेपालले दुवै सिरिज जित्दै इतिहास रचेको थियो ।
नेपालले भने युएई भ्रमणपछी कुनै अन्तराष्ट्रिय खेल खेलेको छैन ।नेपाल क्रिकेट संघ क्यान निलम्बनमा परेका कारण नेपालले कम अन्तराष्ट्रिय खेल खेलिरहेको छ । क्यान निलम्बनमा परेपछि नेपाली क्रिकेट अहिले अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले सम्हाल्दै आएको छ ।
आगामी जुलाईमा हुने टी-ट्वान्टी विश्वकपको एसिया छनोट बाहेक नेपालको अन्य अन्तराष्ट्रिय खेल खेल्ने तालिका छैन ।