काठमाडौं । नेपाली राष्ट्रिय टोलीका पुर्व अलराउन्डर मेहबुब आलम कर्मयोगी लखनराम अग्रहरि सेवा सम्मानबाट सम्मानित हुने भएका छन् ।
नेपाली क्रिकेटमा छुट्टै छाप छाड्न सफल आलमलाई आगामी बैशाख ७ गते कर्मयोगी लखनराम अग्रहरि सेवा सम्मान प्रदान गरिने छ । सम्मानको पुरस्कार राशि दस हजार रुपैया रहेको छ ।
महबूब सन् २००८ मा आइसीसी विश्व क्रिकट लिग डिभिजन-५ मा मोजाम्बिकविरुद्धको खेलमा सबै दस विकेट लिएर विश्व कीर्तिमान बनाउने क्रिकेटर हुन् । पछिल्लो समय भने आलम राष्ट्रिय टोली बाहिर रहदै आएका छन् ।
यस सम्मान नेपाल खेलकुद पत्रकार मञ्चका संस्थापक अध्यक्ष सीताराम अग्रहरीले आफ्नो बुबा लखनराम अग्रहरीको स्मृतिमा लखनराम अग्रहरी र आमा गणपति दवीको स्मृतिमा गणपतिदेवी सेवा सम्मान पुरस्कार स्थापित गरेका हुन् ।
यस्तै गणपति देवी सेवा सम्मान वरिष्ठ संगीत साधक गुरुदेव कामतलाई प्रदान गरिनेछ । उक्त पुरस्कारको राशी समेत दस हजार रहेको छ ।