एजेन्सी । इन्ग्लिश क्लब म्यानचेस्टर युनाईटेडले अन्तरिम प्रशिक्षक ओले गुनर सोल्सायरलाई स्थायी प्रशिक्षकमा नियुक्त गरेको छ। युनाईटेडले प्रशिक्षक सोल्सायरलाई ३ बर्षको लागि प्रशिक्षक नियुक्त गरेको छ ।
अन्तरिम प्रशिक्षक नियुक्त भएपछि क्लबलाई उत्कृष्ट प्रदर्शनमा फर्काउन सफल भएपछि युनाईटेडले सोल्सायरलाई स्थायी प्रशिक्षकमा नियुक्त गरेको हो ।
युनाइटेडका पूर्व फरवार्ड समेत रहेका नर्वेजीयन प्रशिक्षक सोल्सायरलाई गत पुसमा केयरटेकर प्रशिक्षक नियुक्त गरेको थियो ।प्रिमियर लिगमा खराब प्रदर्शन गरेपछि मुख्य प्रशिक्षक जोसे मौरिन्होलाई बर्खास्त गर्दै युनाइटेडले सोल्सायरलाई केयरटेकर प्रशिक्षकको जिम्मेवारी दिएको थियो ।
युनाईटेडले सोल्सायरलाई प्रशिक्षक नियुक्त गरेपछि क्लबले लय समातेको थियो । सोल्सायर आएपछि युनाईटेडले १२ खेलमा पराजित यात्रा तय गरेको थियो । उनकै प्रशिक्षणमा युनाईटेड शीर्ष चारको होडमा समेत रहेको छ ।
युनाईटेडले च्याम्पियन्स लिगमा पेरिस सेन्ट जर्मेन (पीएसजी) माथि पुनरागमन जित निकाल्दै अन्तिम आठको यात्रा समेत तय गरिसकेको छ ।
४५ बर्षीय सोल्सायरले युनाइटेडबाट ११ सिजन खेलेका थिए । सर एलेक्स फोर्गुसनको पालामा सोल्सायरले युनाइटेडबाट १२६ गोल गरेका थिए ।
सन् १९९९ को च्याम्पियन्स लिगको फाइनलमा वायर्न म्युनिखविरुद्ध सोल्सायरले निर्णायक गोल गरेका थिए । जुन निकै चर्चित छ ।
नर्वेबाट ६७ खेलमा २३ गोल गरेका सोल्सायरले सन् २००७ बाट सन्यास लिएका थिए ।