एजेन्सी । विश्व फुटबलमा पोर्चुगिज क्रिस्टियानो रोनाल्डो र अर्जेन्टाइन लियोनल मेस्सीबीच को उत्कृष्ट भन्नेमा सधै बहसको विषय बन्छ । यद्दपी दुवैको खेलमा आ-आफ्नो अधिपत्य छ र विभिन्न चीजहरूमा उत्कृष्टता रहेको पाइन्छ ।
उदाहरणको लागि मेस्सी, जसले रोनाल्डो भन्दा धेरै पटक ला लिगाको उपाधि उचालेका छन् । अर्कोतर्फ रोनाल्डोले विभिन्न लिगहरुको उपाधि जित्ने रेकर्ड राखेका छन् । मेस्सीले स्पेनबाहेक अन्य लिगमा उपाधि जित्न सकेका छैनन् ।
मेस्सी र रोनाल्डो आफ्नो पुस्ताको सर्वकालीन महान खेलाडी हुन् । तर, विश्वको प्रतिष्ठित लिग च्याम्पियन्स लिग र आफ्नो राष्ट्रको प्रदर्शनमा मेस्सी भन्दा रोनाल्डो उत्कृष्ट रहेको पाइन्छ ।
मुख्य त विश्व फुटबलमा मेस्सी भन्दा रोनाल्डो ३ कुराले उत्कृष्ट मानिन्छ । मेस्सी भन्दा रोनाल्डो उत्कृष्ट रहनु स्पोर्ट्स केडाले निकालेको तीन कारणहरु :
१. फुटबलको अनुभव
रोनाल्डो विभिन्न लिग खेल्ने अलग विशेषताका कारण मेस्सी भन्दा फरक मानिन्छन् । रोनाल्डोसंग म्यानचेस्टर युनाइटेडमा आबद्द हुनुअघि पोर्चुगिज लिग खेलेको बर्षौ देखिको अनुभव थियो । करिब ६ बर्ष इन्ग्लिश प्रिमियर लिगमा बिताएर रोनाल्डो स्पेनिस क्लब रियल मड्रिडमा आएका थिए । र, रोनाल्डोले स्पेनमा ९ सिजन बिताए । रोनाल्डोले नयाँ अध्यायको रुपमा यसै सिजनबाट इटालियन क्लब युभेन्ट्स रोजिसकेका छन् ।
रोनाल्डोसंग विभिन्न भाषाको ज्ञान भएका कारण उनले आफ्नो बिपक्षि खेलाडीलाई सजिलै बुझ्ने गर्छन । अन्तराष्ट्रिय खेल र च्याम्पियन्स लिग जस्तो प्रतियोगितामा विभिन्न देशका खेलाडी र टिम हुन्छन् । टिमका खेलाडीले गर्ने संकेत, हाउभाउ, भाषा छुट्टाछुटै हुन्छ । विभिन्न लिगहरुको अनुभवले गर्दा त्यस्ता क्रियाकलाप बुझ्न रोनाल्डोलाई सहज हुन्छ । त्यसैले अन्तराष्ट्रिय खेल रच्याम्पियन्स लिगमा मेस्सी भन्दा रोनाल्डो एक कदम अगाडी रहेका छन् । विश्वभरको फुटबल अनुभव बटुल्दा रोनाल्डोले विभिन्न देशका खेलाडीलाई आफ्नो आत्मीय समेत बनाएका छन् ।
बार्सिलोनाका स्टार खेलाडी मेस्सीले भने आफ्नो खेल जीवन स्पेनको ला लिगमा मात्र सिमित राखेका छन् । जुन लिगमा स्पेनकै खेलाडीहरुको बाहुल्यता रहेको पाइन्छ ।
२. असाधारण मानसिकता
शारीरिक स्तर र फिटनेससंगै फुटबल प्रशंसकले रोनाल्डो एक महान मानसिकता भएको खेलाडी हुन भन्ने स्वीकार गर्छन ।
पोर्चुगिज स्टारले रियल मड्रिडमा हुँदा त थुप्रै आलोचना खेप्नु पर्थ्यो । खराब प्रदर्शन गर्दा होस् या व्यक्तिगत कारण खेलाडीले धेरै दुर्व्यवहार भोग्नु पर्छ । यस्तो अस्वस्थ वातावरणले रोनाल्डोलाई उत्प्रेरित गरेको र विरोधीहरूले उनलाई जिस्काउने कुराले रोनाल्डोको मानसिक शक्ति वृद्धि भएको देखिन्छ ।
च्याम्पियन्स लिग र अन्तराष्ट्रिय खेलमा यस्तो मानसिकताले निकै प्रभाव पार्ने गर्छ । जब कि यस्ता लिगहरु १/२ खेलपछि नकआउट चरण सुरु हुन्छ ।
रोनाल्डोको सकारात्मक सोच र जित्ने इच्छाशक्तिले कठिन परिस्थितिका खेलहरु समेत फर्काउने गरेका छन् । रोनाल्डोले ह्याट्रिक गरेपछि च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा एट्लेटिको मड्रिडले बनाएको २-० को अग्रता युभेन्ट्सले उल्टाएको थियो । जुन रोनाल्डोको मनोवृत्तिको उदाहरण हो ।
मेस्सी बार्सिलोनामा लामो समय रहेको कारण खासै आलोचना भोगेका छैन । तर, जब आलोचना आउँछ मेस्सी निकै हतासिने गर्छन् । मेस्सीले दुई बर्षअघि गरेको सन्यासको घोषणा एक उदाहरण हो ।
३. गुणस्तर नेतृत्व
रोनाल्डोसंग सकारात्मक सोच मात्र नभएर आफ्नो खेलाडीलाई हौसला प्रदान गर्दै सकारात्मक सोच ल्याउन सक्ने क्षमता पनि रहेको छ । रोनाल्डो कप्तान नरहे पनि मेस्सीले जति नै खेलाडीलाई ड्रेसिङ रुममा आत्मबल बढाउन सहयोग गर्छन् ।
३४ बर्षे रोनाल्डोले आफ्नो विचारबारे निकै खुलस्त छन् र आफ्नो विषय र धारणा आफ्नो साथीहरुसंग खुलाउन कुनै आनाकानी गर्दैनन् । तर, मेस्सी लजालु किसिमको छन् र कहिलेकाँही कुराकानी गर्न इच्छा देखाउदैनन् ।
नकआउट चरणको खेलमा सकारात्मक सोच नै जितको मुख्य आधार हो । रोनाल्डोसंग यस्तो क्षमता रहेको हुँदा उनलाई सफल नेतृत्वका साथै विजेता बनाउँछ ।
उदाहरणको लागि, सन् २०१६ को युरो कपमा जोआओ माउटिन्होले पेनाल्टी प्रहार गर्न डराइरहेको बेला रोनाल्डोले केहि सकारात्मक कुरा गर्दै उनलाई नै प्रहार गर्न लगाएका थिए ।
त्यस क्षण रोनाल्डोले माउटिन्होलाई पेनाल्टी प्रहार गर्न प्रेरित गराउँदा केहि गलत भए आफु जिम्मेवारी हुने समेत बताएका थिए । तर, अर्जेन्टिनाको लामो समय कप्तानी गरेका मेस्सीले पेनाल्टी चुकाउँदा आफ्नो सन्यास घोषणा गर्दै आफ्नो साथीहरुको आत्मबल घटाउने काम गरेका थिए ।