काठमाडौं । आयोजक मकवानपुर-११ भूगर्भ सिमेन्ट दोस्रो सहिद स्मृति मकवानपुर गोल्डकपको फाइनल प्रवेश गरेको छ ।
बुधबार भएको पहिलो सेमिफाइनलमा विभागीय टिम नेपाल पुलिस क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै आयोजक उपाधि नजिक पुगेको हो ।
हेटौडाको फोरेष्टि मैदानमा मकवानपुरलाई जित दिलाउन रेजिन सुब्बाले निर्णायक गोल गरे । पुलिसका पुर्व खेलाडी रेजिनले दोस्रो हाफमा निर्णायक गोल गरेका थिए ।
खेलको म्यान अफ दि म्याच आयोजकका रेजिन घोषित भए । उनले १० हजार प्राप्त गरे ।
अब आयोजकले उपाधिका लागि थ्री स्टार र क्यामरुनको दाउफिन्सको विजेतासंग खेल्नेछ । दोस्रो सेमिफाइनल बिहिबार हुनेछ ।
प्रतियोगितको विजेताले ८ लाख पाउनेछन् । यस्तै उपविजेता टिमले ४ लाख पाउनेछ ।
यस्तै आयोजकले प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले ५० हजार पाउने जनाएको छ ।