काठमाडौं । गोल्डेन गेट कलेज र नेपाल कमर्स क्याम्पस (एनसीसी) ले कलेज क्रिकेट लिग (सिसिएल) टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा जित निकालेका छन् ।
टियु क्रिकेट मैदानमा बुधबार भएको पहिलो खेलमा गोल्डेन गेटले ओमेगा कलेजलाई ६३ रनले पराजित गर्यो ।
टस हारेर ब्याटिङको निम्तो पाएको गोल्डेन गेटले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ७१ रन जोड्यो ।
गोल्डेन गेटका लागि शरद भेषावकर र दिपेन्द्र सिंह ऐरीले पहिलो विकेटका ५७ रनको साझेदारी गरेका थिए । दिपेन्द्रले १२ बलमा ५ चौका र १ छक्कासहित ३३ रन बनाए । शरदले २२ रन बनाए ।
यस्तै सुमित महर्जनले ३५ बलमा ४ चौका र ४ छक्कासहित ६५ रन जोडे । सुशान्त सिंह थापाले २५ बलमा २४ रन बनाए । ओमेगाका मन्जरत्न कुमार शाहले ३ तथा अफजल अली र अभियान बस्नेतले २-२ तथा रवी सिंहले १ विकेट लिए ।
गोल्डेन गेटले दिएको १७२ रनको लक्ष्य पछ्याएको ओमेगाले २० ओभरमा ६ विकेट गुमाउँदै मात्र १ सय ६ रन जोड्यो । मध्यक्रममा रवी सिंहले ३९ र अमृत थापाले २८ रन जोडेपनि अन्य ब्याट्सम्यानले साथ दिन सकेनन् । गोल्डेन गेटका नन्दन यादवले २ विकेट हात पारे ।
अर्को खेलमा शंकर देव क्याम्पसलाई ४७ रनले पराजित गर्दै नेपाल कमर्स क्याम्पस (एनसिसि) ले जित हात पार्यो ।
टस हारेर ब्याटिङ गरेको एनसिसिले २० ओभरमा ७ विकेट गुमाउदै १ सय ५४ रन बनायो । एनसिसिका लागि अमित श्रेष्ठले २४ बलमा पाँच चौका प्रहार गर्दै २८ रन बनाए भने प्रकास बिष्टले १६ बलमा चार चौकाको मद्दतमा २४ रन जोडे । शंकरदेवका ललित प्याकुरेलले २ विकेट लिए ।
एनसिसिले दिएको लक्ष्यसहित ब्याटिङ गरेको शंकर देवले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७ रन मात्र बनाउन सक्यो । शंकरदेवका रविन्द्र चन्दले ४२ रन बनाउन बाहेक अन्य ब्याट्स्म्यानहरुले उल्लेख्य योगदान दिन सकेनन् ।
समूह 'बी' रहेको एनसिसि र हिमालयन कलेजले २/२ अंक जोडेका छन् ।