एजेन्सी । दोस्रो पटक रियल मड्रिडको प्रशिक्षकमा नियुक्त भएका जिनेदिन जिदानले निकै चुनैतीको सामना गर्नु पर्नेछ । उनी पहिलो पटक रियलको प्रशिक्षकमा रहदाँ क्लबले तीन पटक लगातार च्याम्पियन्स लिगको उपाधि उचाल्यो ।
उनको बहिर्गनसंगै रियालले दुई प्रशिक्षक अनुबन्धन ग¥यो तर क्लबले सोही प्रर्दशनलाई कायम राख्न सकेन ।
दोस्रो पटक रियलको प्रशिक्षकमा देखिएका जिदानले क्लबमा थुप्रै चुनौतीको सामना गर्नुपर्ने पक्का छ । जसको बारेमा केही चर्चा गरौ ।
१. रोकिएका खेलाडी भित्राउन
क्रिस्टियानो रोनाल्डोले रियल छाडेपछि ग्यारेथ बेल, मार्कोस एसेन्सियाे जस्ता खेलाडीले उनको कमी हुन नदिने अनुमान गरिएको थियो । तर पाँच पटकका वालेन डि ओर विजेता रोनाल्डोको अभाव रियलमा खट्की रह्यो ।
क्लबको हट सिटमा आएसंगै रियलले नयाँ प्रशिक्षकलाई खेलाडी बजारमा आखाँ डुलाउन ३ सय मिलियन पाउण्ड रियलले उपलब्ध गराउने बताएको छ । उनले सो रकम आगामी खेलाडी सरुवा बजारमा खर्च गर्नेछन् ।
उनले फ्रान्सकै केलियन एम्बाप्पेदेखि ब्राजिली स्टार नेयमारलाई आखाँ लगाएका छन् । केही समय अगाडी रियलले नेयमारका लागि २ सय ५० मिलियन पाउण्डको प्रस्ताव गरेको सुचना चुहिएको थियो ।
उनले क्लबको हिसाब किताब मिलाउन केही ठुला खेलाडी रियलबाट बेच्नु पर्नेछ । चेल्सीका ईडेन हजार्डदेखि टोटेनहमका क्रिस्टियन ईरिक्सनमा उनले आखाँ लगाएका छन् ।
२. दोस्रो स्थानमा रहेर लिग सक्नु
ला लिगाको अंक तालिकामा रियल मड्रिड तेश्रो स्थानमा रहेको छ । उसको अगाडी एट्लेटिको मड्रिड र बार्सिलोना रहेका छन् । बार्सिलोना ६६ अंक सहित शीर्ष स्थानमा रहदाँ रियलले उसलाई भेट्ने लगभग असम्भव प्रायनै छ । दोश्रो स्थानको एट्लेटिकोको ५६ र रियलको ५४ अंक रहेको छ ।
अब जिदानको मुख्य चुनौती भनेको दोस्रो स्थानमा रहेर लिगको अन्त्य गर्नु हुनेछ । अग्रता दुई अंकको भएपनि एट्लेटिकोलाई पछाडी पार्न जिदानलाई निकै समस्या पर्ने देखिन्छ ।
युवा खेलाडीको भरमा लिगको सुखद अन्त्य गर्नुपर्ने चुनौती उनलाई छ । लिग जित्ने सम्भावना नरहेको अवस्थामा उनले दबाब रहित तरिकाले नयाँ सिजनको तयारी गर्न सक्नेछन् ।
३. समर्थकलाई पुन घरेलु मैदानमा फर्काउनु
विश्व फुटबलमा रियल खर्चालु क्लब हो । खेलाडी किन्न पैसाको खोलो बगाउने रियलको एउटैमात्र लक्ष्य भनेको उपाधि जित्नु हो । केही बर्ष अघिसम्म उपाधिले सुसज्जित रियल पछिल्लो समय खराब लयबाट गुज्रिरहेको छ र समर्थक समेत टाढिएको अवस्था छ ।
घरेलु मैदानमा बार्सिलोनासंग लगातार पराजित भएको अवस्था र च्याम्पियन्स लिगमा अजाक्ससंगको लज्जास्पद हारले समर्थकलाई ठुलो चोट पुगेको छ । सबै प्रतियोगिताको उपाधि सम्भावना सकिएको अवस्थामा रियलका समर्थकलाई घरेलु मैदानमा फर्काउनु जिदानका लागि अर्को चुनौती बन्नेछ ।
४. प्लेईङ सेटमा स्थिरता
छोटो छोटो समयमा प्रशिक्षक परिवर्तन हुदाँ त्यसको प्रभाव रियलको प्लेईङ सेटमा समेत देखियो । जिदान ४–१–२–३ को ढाँचामा खेलाउन रुचाउछन् ।
तर त्यस अघिका जुलेन लुपेटिगुईले ४–२–३–१ र त्यसपछि आएका स्यान्टियागो सोलारीले ४–३–३ को ढाँचामा प्लेईङ सेट मैदान उतार्ने गरेका थिए । सोही अनुसार खेलाडीलाई प्रशिक्षण दिएका थिए ।
अब जिदानले परिवर्तन भईरहने रियलको प्लेईङ सेटमा स्थिरता ल्याउनु मुख्य चुनौती बनेको छ । स्थिर सेटले मात्र टिमलाई सन्तुलनमा राख्न सहयोग पुग्नेछ ।
५. खेलाडीको विवाद समाधान गर्नु
रियलमा स्टार खेलाडीको भिड छ । पछिल्लो समय स्टार खेलाडीबीचको मनमुटाबले समेत क्लबको प्रर्दशनमा असर गरिरहेको छ । प्रशिक्षक जिदान आफै मुख्य फरवार्ड ग्यारेथ बेलसंग असन्तुष्ट रहदै आएका थिए ।
त्यस्तै कप्तान सर्जियो रामोस र मार्सेलोको विवादले समेत बाहिर आएको थियो । प्रशिक्षकको भुमिकामा फर्किएपछि जिदानलाई क्लबका खेलाडी बीचको सम्बन्धलाई पुन एकीकृत गर्नु मुख्य चुनौती हुनेछ ।