एजेन्सी । म्यान्चेष्टर युनाईटेडका पुर्व प्रशिक्षक लुईस भान गालले स्पेनिस महारथी बार्सिलोना भन्दा म्यान्चेष्टर सिटी बलियो रहेको बताएका छन् । तर उनले प्रिमियर लिग क्लब लिभरपुल भने बार्सिलोना र सिटी भन्दा बलियो रहेको दाबी गरेका छन् ।
उनका अनुसार यिनै तीन क्लबले च्याम्पियन्स लिग फुटबलको उपाधिमा दाबेदारिता प्रस्तुत गर्नेछन् ।
लिभरपुलले प्रिमियर लिग फुटबलमा अग्रता लिएको छ । उसले दोस्रो स्थानको सिटीसंग दुई अंकको अग्रता बनाएको छ ।
च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाईनलमा लिभरपुलले वार्यन म्युनिख र म्यान्चेष्टर सिटीले साल्केसंग खेल्दैछ ।
प्रशिक्षक गालले प्रिमियर लिगका दुवै टिम बार्सिलोना भन्दा उत्कृष्ट रहेको बताए ।
‘धेरैले भन्छन् बार्सिलोना उत्कृष्ट छ, तर त्यो होईन । सिटी र लिभरपुल क्लब बार्सा भन्दा राम्रा छन् । सिटी भन्दा लिभरपुल अझ राम्रो टिम छ ।’ उनले भने ।
‘मेरो बिचारमा उत्कृष्ट टिमले उपाधि जित्छ । तर मलाई लाग्छ सिटीमा त्यो सम्भावना देख्छु । उनीहरुले उत्कृष्ट फुटबल खेलिरहेका छन् ।’ उनले थपे ।
गालले बार्सिलोनालाई सन् १९९७ देखि २००० सम्म प्रशिक्षण दिएका थिए । लगत्तै उनीले सन् २००२ देखि २००३ को सिजन समेत बार्सिलोनालाई हेरेका थिए ।
उनले बार्सिलोनामा रहदाँ दुई ला लिगा र एक कोपा डेल रे र युएफा सुपर कप उचालेका थिए ।
पछिल्लो समय उनले प्रिमियर लिग क्लब म्यान्चेष्टर युनाईटेडको नेतृत्व गरेका थिए, जहाँ उनलाई एफ ए कपको उपाधि मात्र हात लाग्यो ।