एजेन्सी । अन्तराष्ट्रिय मैत्रीपुर्ण खेलमा अर्जेन्टिनाले मोरक्कोलाई पराजित गरेको छ । मंगलबार राति भएको खेलमा अर्जेन्टिनाले मोरक्कोलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
कप्तान लियोनल मेस्सीविना मैदान उत्रिएको अर्जेन्टिनाको लागि एन्जल कोर्रेयाले निर्णायक गोल गरे । कप्तान मेस्सी कम्मरको समस्याको कारण मैदान उत्रिएनन् ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ८३ औं मिनेटमा कोर्रेयाले निर्णायक गोल गरेका थिए ।
यसअघि अर्जेन्टिना गत साता भेनेजुएलासंग ३-१ ले पराजित भएको थियो ।