एजेन्सी । मैत्रीपुर्ण फुटबल खेलमा ब्राजिलले चेक रिपब्लिकलाई पराजित गरेको छ । मंगलबार राति भएको खेलमा ब्राजिलले चेक रिपब्लिकलाई ३–१ ले हराएको हो ।
ब्राजिलको जितमा ग्याब्रियल जिससले दुई तथा राबर्टो फिर्मिन्होले एक गोल गरे ।
घरेलु मैदानमा डेबिड पाभाल्काले ३७ औ मिनेटमा गोल गर्दै चेक टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।
४९ औ मिनेटमा फिर्मिन्होले खेल बराबरीमा ल्याएका थिए । ८३ औ मिनेटमा जिससले गोल गर्दै ब्राजिललाई २–१ को अग्रता दिलाए । खेलको अन्तिम मिनेटमा गोल उनले ब्राजिलको जित सुनिश्चित गरे ।
अर्को दक्षिण अमेरिकी देश अर्जेन्टिनाले स्टार खेलाडी मेस्सी बिनाको खेलमा मोरक्कोलाई १–० ले हराएको छ ।