काठमाडौं । भारतमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत अहिले नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको दिल्ली क्यापिटल्स र साविकको विजेता चेन्नई सुपर किङ्सबीच प्रतिस्पर्धा भईरहेको छ ।
फिरोज कोट्ला क्रिकेट स्टेडियममा जारी खेलमा दिल्लीले चेन्नईलाई जितका लागि १४८ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले पुरै २० ओभर खेल्दै ६ विकेट गुमाएर १४७ रन बनायो ।
दिल्लीका लागि शिखर धवनले ५१ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै ऋषब पन्तले २५ तथा पृथ्वी शले २४ रन जोडे । चेन्नईका ड्वाने ब्राभोले ३ विकेट लिए ।
चेन्नईविरुद्ध दिल्लीले नेपाली टोलीका स्पिनर सन्दीपलाई खेलाएनन् ।
आज दुवै टोली निकाल्ने लक्ष्यसहित मैदान उत्रिएका छन् । दुवै टोली लगातार दोस्रो जितको खोजीमा रहेका छन्।