एजेन्सी । ईन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलको दोस्रो खेलमा समेत नेपालका लेग स्पिनर सन्दीप लामिछाने स्थान बनाउन असफल भएका छन् । दिल्ली क्यापिटल्सले आफ्नो दोस्रो खेलमा समेत सन्दीपलाई समावेश गरेको छैन ।
दिल्लीले टस जितेर ब्याटिङ रोजेको छ । उसले टिममा एक परिवर्तन गरेको छ । ट्रेन्ट बोल्टको स्थानमा अमित मिश्राले स्थान बनाएका छन् ।
चेन्नेई सुपर किंग्सले टिममा कुनै परिवर्तन गरेको छैन ।
पहिलो खेलमा समेत दिल्लीले सन्दीपलाई टिममा राखेको थिएन । उसले पहिलो खेल जितेको थियो ।
दिल्लीले पहिलो खेलमा मुम्बई ईन्डियन्सलाई ३७ रनले पराजित गरेको थियो ।