काठमाडौं । कतारमा जारी एएफसी यू-२३ च्याम्पियनसिप छनोटको अन्तिम खेलमा नेपालले आज अफगानिस्तानको सामना गर्दैछ ।
कतारको दोहास्थित स्पोर्टस सिटी सेन्टरमा नेपाल र अफगानिस्तानबीचको खेल बेलुका ९:४५ बजे सुरु हुनेछ ।अफगानिस्तानविरुद्धको खेलका लागि नेपालले एक खेलाडी परिवर्तन गरेको छ ।
मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले मिडफिल्डरमा गौरब बुढाथोकीको स्थानमा विश्वास श्रेष्ठलाई सुरुवाती-११ मा राखेका छन् । अन्य खेलाडी भने परिवर्तन गरिएको छैन ।
प्रतियोगिताबाट बाहिरिसकेका दुवै टिम प्रतिष्ठाको लागि भिड्दैछन् । यसअघिका दुवै खेलमा नेपाल र अफगानिस्तान पराजित भएका थिए ।
नेपालले पहिलो खेल कुवेतसँग १–० ले हारेको थियो । दोस्रो खेलमा नेपाल कतारसंग ४–० ले पराजित भएको थियो ।
नेपाली टोलीमा
गोलरक्षकः अर्पण कार्की
डिफेण्डरः अनन्त तामाङ, सुमन अर्याल, दिनेश राजवंशी, कमल श्रेष्ठ
मिडफिल्डरः तेज तामाङ, नितिन थापा, सुनील बल , विश्वास श्रेष्ठ
स्ट्राइकरः बिमल घर्तीमगर , अन्जन विष्ट