एजेन्सी । इंग्ल्यान्डले युरो कप छनोटमा फराकिलो जित निकालेको छ । छनोट अन्तर्गत सोमबार राति भएको खेलमा इंग्ल्यान्डले मोन्टेनेग्रोलाई ५-१ गोल अन्तरले पराजित गरेको हो ।
मोन्टेनेग्रोको मैदानमा सुरुवाती अग्रता उल्टाएर इंग्ल्यान्डले जित निकालेको हो । इंग्ल्यान्डको जितमा रोस बार्क्लीले दुई गोल गरे । यस्तै कप्तान ह्यारी केन, माइकल किन र रहिम स्ट्रलिङले एक एक गोल गरे । घरेलु टोलीका मार्को भेसोभिकले एक गोल गरे ।
खेलको १७ औं मिनेटमा भेसोभिकले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । ३० औं मिनेटमा किनको गोलबाट इंग्ल्यान्ड खेलमा फर्कियो । ३९ औं मिनेटमा बार्क्लीले गोल गर्दै इंग्ल्यान्डलाई २-१ को अग्रता दिलाए ।
५९ औं मिनेटमा बार्क्लीले गोल गर्दै इंग्ल्यान्डको अग्रता ३-१ को बनाए । ७१ औं मिनेटमा केनले गोल गर्दै इंग्ल्यान्डलाई ४-१ को अग्रता दिलाए । खेलको ८१ औं मिनेटमा स्ट्रलिङले गोल गर्दा इंग्ल्यान्ड ५-१ ले विजयी भयो ।
छनोटमा इंग्ल्यान्डको यो लगातार दोस्रो जित हो । जितसंगै समूह 'ए' को इंग्ल्यान्डले २ खेलबाट ६ अंक जोडेको छ । इंग्ल्यान्ड समूहको शीर्ष स्थानमा छ । यसअघि इंग्ल्यान्डले पहिलो खेलमा चेक रिपब्लिकलाई ५-० ले हराएको थियो ।
अर्को खेलमा बुल्गेरिया र कोशोभोले १-१ गोलको बराबरी खेलेका छन् । बुल्गेरियाको २ अंक छ । कोशोभो र मोन्टेनेग्रोको १ अंक छ ।