एजेन्सी । क्रिस्टियानो रोनाल्डोले चोट बोकेको खेलमा पोर्चुगलले युरो कप छनोटमा सर्बियासंग बराबरी खेलेको छ । सोमबार राति भएको खेलमा पोर्चुगलले सर्बियासंग गोल रहित बराबरी खेलेको हो ।
रोनाल्डोले चोट बोक्दै ३१ औ मिनेटमा मैदान छाडेका थिए ।
पोर्चुगलको घरेलु मैदानमा सुरुवाती अग्रता सर्बियाले बनाएको थियो । डुसान टाडिसको पेनाल्टी गोलमा सर्बियाले सातौ मिनेटमा अग्रता लिएको थियो ।
ड्यानिलो परेराले ४२ औ मिनेटमा गोल गर्दै घरेलु टोलीबाट बराबरी गोल फर्काएका थिए ।
युरो विजेता पोर्चुगलले युरो छनोटका सुरुवाती दुई गोलमा बराबरी खेल्दै अंक बाँडेको छ । उसले पहिलो खेलमा युक्रेनसंग गोल रहित बराबरी खेलेको थियो ।
रुसी विश्वकप पछि रोनाल्डो पहिलो पटक राष्ट्रिय टिममा फर्किएका हुन् ।
रोनाल्डोको क्लब युभेन्ट्सले सिरि एमा १५ अंकको अग्रता लिएको छ । क्लबले च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाईनल खेलमा एजाक्ससंग प्रतिस्पर्धा गर्दैछ ।
समुह बीमा रहेको पोर्चुगललको दुई खेलबाट मात्र दुई अंक छ । पोर्चुगल समुहको तेस्रो स्थानमा रहदाँ मात्र एक अंक जोडेको सर्बिया चौथो स्थानमा छ ।