एजेन्सी । युरो कप छनोट अन्तर्गत फ्रान्सले आइसल्याण्डलाई पराजित गरेको छ । सोमबार राति भएको खेलमा फ्रान्सले आइसल्याण्डमाथि ४–० को सहज जित निकालेको हो ।
ओलिभर जिराउड फ्रान्सको सर्वाधिक तेस्रो गोलकर्ता बन्दा विश्व विजेता फ्रान्स छनोट तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । जिराउडले ८९ औ अन्तराष्ट्रिय खेलमा ३५ गोल गर्न सफल भएका छन् ।
केलियन एम्बाप्पेको क्रसलाई सदुपयोग गर्दै स्यामुल एमटीटीले १२ औ मिनेटमा फ्रान्सलाई सुरुवाती अग्रता दिलाए । जिराउडले ६८ औ मिनेटमा फ्रान्सको अग्रता दोब्बर पारे । एन्टोनी ग्रिजम्यानको पासलाई सदुपयोग गर्दै ७८ औ मिनेटमा एम्बाप्पेले फ्रान्सकालागि तेस्रो गोल गरे । उनै ग्रिजम्यानले ८४ औ मिनेटमा गोल गर्दै फ्रान्सलाई ४–० को सहज जित दिलाए ।
फ्रान्सले छनोटको दुइ खेलमा ८ गोल गर्न सफल भएको छ । उसले पहिलो खेलमा माल्डोभालाई ४–१ ले हराएको थियो ।
समुह एचमा रहेको फ्रान्सले दोस्रो जितसंगै छनोट प्रतियोगितामा ६ अंक जोडेको छ । आइसल्याण्डले पहिलो हार ब्यहोरेको छ ।