काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक योहान कालिनले कुवेत भ्रमणले नेपाली टोलीको कमजोरी पत्ता लगाउन सहयोग पुगेको बताएका छन् ।
घरेलु टोलीसंगको दोस्रो अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा १-० ले पराजित भएपछि प्रशिक्षक कालिनले टोलीको मुख्य समस्या पत्ता लगाउन सहयोग पुगेको बताए ।
प्रशिक्षक कालिनले नेपालले कुवेतलाई कडा टक्कर दिएको समेत दाबी गरे ।
'समग्रमा हामीले कुवेतलाई कडा टक्कर दियौं । यो प्रतियोगिताले हाम्रो कमजोरी पत्ता लगाउन ठुलो सहयोग मिल्यो,' प्रशिक्षक कालिनले भने ।
यसअघि पहिलो मैत्रीपुर्ण खेलमा भने नेपालले कुवेतलाई गोलरहित बराबरीमा रोकेको थियो । सोमबार भएको खेलमा भने नेपाल पेनाल्टीमा गोल खादै पराजित भएको थियो ।
यो खेलसंगै मुख्य प्रशिक्षक कालिनको नेतृत्वमा नेपालले दुई खेलमा एक हार र एक बराबरी खेलेको छ । हालै मुख्य प्रशिक्षकमा नियुक्त भएका कालिनले कुवेतसंगको खेलमा डेब्यु गरेका थिए ।
यस्तै कालिनले नेपाली टोलीको अग्रपंति कमजोर रहेको बताए ।
'हामीले राम्रो खेल्यौ दुर्भाग्य पेनाल्टीमा गोल भयो,' प्रशिक्षक कालिनले भने, 'फर्वाडमा हामी केही कमजोर भयौं ।'