सैनामैना । दोस्रो संस्करणको सैनामैना मेयरकप नकआउट फुटबल प्रतियोगितामा फर्साटिकर फुटबल क्लब रुपन्देहीले जित निकालेका छन् ।
सोमबार भएको खेलमा फर्साटिकरले आयोजक जनप्रिय स्पोर्टिङ युवा क्लबलाई पेनाल्टी सुटआउटमा ३-२ गोल अन्तरले पराजित गरेको हो ।
निर्धारित ९० मिनेटको समय १-१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।
यस्तै लिस्नु युवा क्लबले भुपु सैनिक युवा क्लबलाई ६-१ गोल अन्तरले पराजित गरेको छ ।
प्रतियोगितामा १६ क्लबले प्रतिस्पर्धा गरिरहेको छ । विजेताले १ लाख ७७ हजार ७७७ नगद प्राप्त गर्दा उपविजेताले ८८ हजार ८ सय ८८ रुपैया प्राप्त गर्ने छन् ।