काठमाडौं । घरेलु टोली कुवेतसंगको दोस्रो मैत्रीपुर्ण खेलमा नेपालले अग्रपंक्तिमा दुई खेलाडी परिवर्तन गरेका छन् ।
मुख्य प्रशिक्षक योहान कालिनले अग्रपंक्तिमा दुई खेलाडी परिवर्तन गर्दै कुवेतसंग खेल्ने सुरुवाती ११ को घोषणा गरेका छन् ।
कुवेतविरुद्धको दोस्रो खेलमा भरत खवास र नवयुग श्रेष्ठलाई परिवर्तन गरिएको छ । भरत र नवयुगको स्थानमा विमल राना र आशिष लामालाई राखिएको छ । एपीएफका आशिषको यो नेपाली टोलीमा डेब्यु खेल हो ।
अन्य पोजिसनमा भने कुनै परिवर्तन गरिएको छैन ।
नेपाल र ककुवेतबीचको खेलमा राति ९:१५ मा सुरु हुनेछ ।
नेपाली टिम :
गोलरक्षक : किरण कुमार लिम्बु
डिफेन्डर : विराज महर्जन ( कप्तान), अजित भण्डारी, देबेन्द्र तामाङ , रन्जित धिमाल
मिडफिल्डर : सुमन लामा, रोहित चन्द, सुजल श्रेष्ठ, विक्रम लामा
स्ट्राइकर : आशिष लामा, विमल राना