काठमाडौं । हिमालयन कलेज र त्रिचन्द्र कलेजले गोल्डेन गेट कलेज क्रिकेट लिग (सिसिएल) टी-ट्वान्टी क्रिकेटमा जित निकालेका छन् ।
टियु क्रिकेट मैदानमा सोमबार भएको पहिलो खेलमा हिमालयनले नेपाल कमर्स क्याम्पसलाई १२ रनले पराजित गर्यो ।
टस हारेर पहिले ब्याटिङ गरेको हिमालयनले २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३६ रन बनाएको थियो । हिमालयनका लागि ओपनर दिनेश अधिकारीले २३ बलमा तीन चौका र एक छक्का प्रहार गर्दै २७ रन बनाए ।
यस्तै पंकज दासले २० बलमा दुई छक्का र एक चौकाको मद्दतमा २२ रन बनाएका थिए । नेपाल कमर्स क्याम्पसका भुवन कार्कीले ३ तथा पवन कार्कीले २ विकेट लिए ।
एनसिसिका लागि अमितले ३५ बलमा सात चौका र एक छक्काको मद्दतमा ४६ रन बनायो । शुशान्तले ४० बलमा एक चौका प्रहार गर्दै २७ रन बनाए । बसन्त खत्रीले १७ बलमा एक छक्का प्रहार गर्दै २२ र बनाए भने अन्य खेलाडीहरुले उल्लेखनीय योगदान गर्न सकेनन् । हिमालयनका लागि मयंकले सर्वाधिक दुई विकेट लिएका थिए ।
त्यसअघि पहिलो ब्याटिङ्ग गरेको हिमालयनले पनि ठोस शुरुवात गर्दै पहिलो विकेटका लागि सात ओभर भित्र ४६ रन जोडेको थियो । तर भुवनले कसिलो बलिङ्ग गरेपछि हिमालयन रोकिएको थियो । अनुभवी स्पिनर भुवनले चार ओभरमा १९ रन खर्चदै तीन विकेट लिएका थिए । हिमालयनका लागि ओपनर दिनेश अधिकारीले २३ बलमा तीन चौका र एक छक्का प्रहार गर्दै २७ रन बनाए ।
यस्तै पंकज दासले २० बलमा दुई छक्का र एक चौकाको मद्दतमा २२ रन बनाएका थिए । म्यान अफ द म्याच रुपेश सिँह (१८), अश्चल चौधरी (१८) र सुमन गहतराजले १७ रन बनाएका थिए । पवन कार्कीले पनि एनसिसिका लागि दुई विकेट लिएका थिए ।
हिमालयनले दिएको १ सय ३७ रनको लक्ष्य पछ्याउने क्रममा कमर्स क्याम्पसका लागि अमितले ४६ रन बनाए पनि जित दिलाउन सकेनन् । यस्तै शुशान्त तिमल्सिनाले २७ तथा बसन्त खत्रीले २२ रन बनाए । हिमालयनका लागि मयंकले सर्वाधिक दुई विकेट लिएका थिए ।
यस्तै दोस्रो खेलमा त्रिचन्द्र कलेजले नेपाल बन कलेजलाई ८९ रनले पराजित गर्यो ।
टस जितेर पहिलो ब्याटिङ रोजेको त्रिचन्द्रले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ७३ रन जोडेको थियो । त्रिचन्द्रका लागि ओपनर दिलिप नाथले २३ बलमा समान ३ चौका र छक्काको मदतले ४२ रनको योगदान दिए । प्रज्वल शाहीले २५ बलमा ४ चौका र १ छक्कासहित ३५ रन जोडे । पुरन बिक ४५ रनमा नटआउट रहे । उनले ३५ बलको सामना गर्दै ५ चौका प्रहार गरे । बन कलेजका लागि पाल्देन लामा, युन्तेन लामा र प्रसिद्धले १-१ विकेट लिए ।
त्रिचन्द्रले दिएको १७४ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको बन कलेज १९ ओभरमा मात्र ८४ रन जोड्दै अलआउट भयो । सागर भण्डारी एक्लैले ६ विकेट लिएपछि बनका जय साउदले सर्वाधिक १४ रन जोडे । यस्तै इर्शाद अहमद, दिलिप नाथ, सोहन यादव र पुरन विकले १-१ विकेट लिए ।