एजेन्सी । प्रशिक्षक जोसे माउरिन्होले स्पेनिस क्लब रियल मड्रिडका लागि जिनेदिन जिदान उपयुक्त व्यवस्थापक रहेको बताएका छन् ।
जिदान यसै महिना रियल मड्रिडको मुख्य प्रशिक्षकमा पुन अनुबन्धित भएका हुन् । क्लब छाडेको १० महिनामा उनी रियल मड्रिडमा पुन सोही पदमा फर्किएका हुन् ।
फ्रान्सेली फुटबलमा लिजेण्डले स्यान्टियागो सोलारीलाई पदस्थापन गर्दै मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेका हुन् । त्यसअघि जुलेन लोपिटिगुईले नयाँ सिजन क्लबको नेतृत्व गर्ने अवसर पाएका थिए ।
सोलारीको बहिर्गमनसंगै माउरिन्हाले रियल समाल्ने समाचार सार्वजनीक भएको थियो । उनी गत डिसेम्बरमा म्यान्चेष्टर युनाईटेडको प्रशिक्षकबाट बर्खास्तीमा परेका थिए ।
माउरिन्होले सन् २०१० बाट २०१३ सम्म रियलको नेतृत्व गरेका थिए । उनीपछि क्लबमा आएका जिदानले लगातार तीन पटक रियल मड्रिडबाट च्याम्पियन्स लिगको उपाधि जितेका थिए ।
माउरिन्होले स्पेनिस महारथीले उपयुक्त व्यक्तिलाई क्लबको मुख्य प्रशिक्षकमा चयन गरेको प्रतिक्रिया दिएका छन् । प्रशिक्षकको रुपमा माउरिन्होले सबै सफलता प्राप्त गरेपछि जिदानले व्यवस्थापकको करियर सुरु गरेका थिए ।
‘मलाई लाग्दैन कि उनको करियरको बिषयमा कुनै कुरा गर्न आवश्यक छ ।’ माउरिन्होले भने, ‘तर उनले छोटो समयमा जुन सफलता हासिल गरे, त्यस अघि अरु कसैले गरेको थिएन । उनले तीन पटक लगातार च्याम्पियन्स लिग जिते ।’
‘उनी अहिले करियरमा नयाँ पाईला चाल्न खोज्दैछन् । उनी टिम बनाउँदैछन् । उनीसंग विकल्प छन् । खेलाडी किन्न र बेच्न समेत । उनले खेलाडीलाई अभ्यास गराएका छन् । खेल्ने दर्शनको बिषयमा अवगत गराएका छन् ।’ उनले थपे, ‘ मलाई लाग्छ उनी क्लबका लागि सबैभन्दा उपयुक्त प्रशिक्षक हुन् ।’