एजेन्सी । ईङ्गल्याण्डले २० वर्ष अघि आयोजना गरेको युरोपियन च्याम्पियनसिपको औपचारिक गित थियो, ईट्स कमिङ होम, फुटबलस् कमिङ होम अर्थात फुटबल आफ्नो घर आउँदैछ ।
तर चीनले भने फुटबलको असली घर आफुभएको दाबी गर्दै आएको ईतिहासकार माईकल उड बताउँछन् । चीनियाँ राष्ट्रपति सि जिनपिङ म्यानचेष्टर युनाईटेडको फ्यान हुन् । उनले गत अक्टोबरमा इतिहाद स्टेडियम पुगेर खेल हेरेका समय फुटबल खेलको आविस्कार चीनमा भएको चर्चा बाहिरिएको थियो ।
बेलायतको राष्ट्रिय फुटबल संङग्राहलयका निर्देशक केभिन मोरेले सि संगको भेटका क्रममा चीन फुटबल आविस्कार भएको विषय स्विकार गरेका थिए ।
आधुनिक फुटबल जन्म ईङल्याण्डमा भएपनि आविस्कार चीन भएको मारेले बताए । तत्कालीन बेलायती प्रधानमन्त्री डेभिड क्यामरुन र चीनियाँ राष्ट्रपति सीको म्यानचेष्टरको संयुक्त भ्रमणका बेला सो विषय चर्चामा आएको थियो । सन् १९६६ मा वेम्बलीको फुटबलको केही झलकका कारण पनि ईङल्याण्डले फुटबल आविस्कारको श्रेय लिदै आएको छ ।
सन् १८५८ मा स्थापना भएको सेफिल्ड फुटबल क्लब विश्वको सबैभन्दा पुरानो क्लब भएपनि अष्ट्रेलियाली नियमका आधारमा खेल हुन्थे । सन् १९६० मा खेल विस्तारै अहिलेको जस्तै ११ खेलाडी, कर्नर र पेनाल्टिका नियमतिर ढल्कदै गयो । सोही समय देखि नै ९० मिनेटको समय पनि तोकिएको हो ।
तर, चीनको फुटबल ईतिहास त्यो भन्दा धेरै पहिलेको हो । २ हजार वर्षअघि चीनमा किकबल अर्थात सुजु नामको खेल खेलिन्थ्यो । जुन अहिले पनि फुटबलमा चीनियाँ भाषामा सुजु नै भनिन्छ । सन् १९६० मा सङ्ग राजवंशले शहरी सस्कृतिका रुपमा किकब नामक खेल तय गरेका थिए ।

विलासितामा रम्नका लागी बनाईएका खेलका नियम अलग रहेपनि सोही खेल कालान्तरमा आधुनिक फुटबल बनेको ईतिहासकारको विश्वास छ । सन् ११२० का केही पुस्तकमा यस्तो खेलका प्रसंग समेत उल्लेख छ ।
१० मिटर अग्लो रंग्याईएको धागोको गोलपोष्टकोबीचमा प्वाल बनाईन्थ्यो । टिम क्याप्टेले सजाईएका आकर्षक टोपी लगाएर खेल्थे । अहिले नेयमार र मेस्सीको खेल हेर्ने दर्शककालागि यस्तो ईतिहास पक्कै पनि अचम्म लाग्ने नै भयो ।
चीनमा त्यस समयपनि धनाढ्यहरु अहिलेको फुटबल क्लब जसरी नै टोली बनाएर खेल्ने गरेको विश्वास छ । चीनको किकबललाई बेलायतले आधुनिक रुपि दिएर बनाएको फुटबलले अहिले विश्वको ध्यान एकीकृत गरिरहेको छ ।

विकास र समृद्धिसंगै पछिल्लो दशकमा चीनले हासिल गरेका प्रगतिबाट विश्व चकित छ । त्यही समृद्धिको चित्रलाई चीन विश्वभर फुटबलबाट चिनाउन चाहन्छ । त्यसैलेपनि चीनियाँ राष्ट्रपति सीले सन् २०५० सम्ममा विश्व फुटबलकै पावरहाउस बन्ने र विश्वकप जित्ने योजना अघि बढाईसकेका छन् । त्यसैलेपनि चीनको विश्वकप खेल्ने, आयोजना गर्ने र जित्ने योजना चिनियाँ ईतिहास किकबलको छायाँ हुनुपर्छ ।
–एजेन्सीको सहयोगमा