एजेन्सी । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले मुम्बई ईन्डियन्सलाई जितका लागि २१४ रनको फराकिलो लक्ष्य दिएको छ ।
मुम्बईमा नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको दिल्लीले पुरै २० ओभरमा ६ विकेट गुमाएर २१३ रन बनायो । सन्दीप भने पहिलो खेलमा दिल्लीको टोलीमा पर्न सकेनन् ।
टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीका लागि ऋषब पन्तले अविजित रहदै ७८ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै कोलिन इन्ग्रामले ४७ रन जोड्दा शिखर धवनले ४३ रन जोडे ।
मुम्बईका मिचेल म्याकक्लेनघनले ३ विकेट लिए ।