एजेन्सी । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको दोस्रो खेलमा सनराइजर्स हैदरावादले कोलकता नाइट राइडर्सलाई जितका लागि १८२ रनको लक्ष्य दिएको छ ।
कोलकतास्थित इडेन गार्डेनमा टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले पुरै २० ओभर खेल्दै ३ विकेट गुमाएर १८० रन बनायो । हैदरावादका लागि डेभिड वार्नरले अर्धशतकीय इनिङ्स खेले ।
जारी सिजनको आईपीएलमा अर्धशतक बनाउने पहिलो खेलाडी बनेका वार्नरले ८५ रन बनाए ।
यस्तै विजय शंकरले ४० तथा जोनी ब्रैसटोले ३९ रन बनाए । कोलकाताका आन्द्रे रुसेलले २ तथा पियुस चवालाले १ विकेट लिए ।