काठमाडौं । एएफसी यू-२३ च्याम्पियनसिप छनोटको दोस्रो खेलमा नेपालले आज (आइतबार) आयोजक कतारसंग प्रतिस्पर्धा गर्दैछ । पहिलो खेलमा पराजित नेपालले दोस्रो खेलमा बलियो टोली कतारसंग खेल्ने लागेको हो ।
कतारको दोहास्थित स्पोर्टस सिटी सेन्टरको मैदानमा कतारलाई रोक्ने योजनासहित नेपाल मैदान उत्रने छ । तर, एसिया कप विजेता कतारको टोलीलाई रोक्ने नेपालले उत्कृष्ट प्रदर्शन गर्नुको बिकल्प छैन ।
शुक्रबार भएको पहिलो खेलमा नेपाल ओमानसंग १-० गोल अन्तरले पराजित भएको थियो । ओमानसंगको हारसंगै नेपालको एएफसी यू-२३ च्याम्पियनसिपमा छनोट हुने सम्भावना कमजोर बनेको छ ।
नेपाललाई दोस्रो चरणमा स्थान बनाउन कतारसंग सकारात्मक नतिजाको विकल्प छैन । यस्तै अन्तिम खेलमा नेपालले मंगलबार अफगानिस्तानसंग खेल्नेछ ।
छनोटको शीर्ष टोलीले थाइल्याण्डमा आयोजना हुने एएफसी यू-२३ च्याम्पियनसिप खेल्नेछन् । यस्तै दोस्रो टोली मध्ये उत्कृष्ट पाँच टोलीले पनि च्याम्पियनसिप खेल्ने मौका पाउनेछन् ।