एजेन्सी । युरो कप छनोटको पहिलो खेलमा स्पेनले विजयी सुरुवात गरेको छ । समुह एफको खेलमा स्पेनले नर्वेलाई २–१ गोल अन्तरले हराएको हो । छनोटको पहिलो खेलमा स्पेनलाई जित दिलाउन रोड्रिगो र सर्जियो रामोसले एक–एक गोल गरे ।
कप्तान रामोसले सिजनको १६ औ गोल गर्ने क्रममा थप एक पेनाल्टी गोल गरे । रोड्रिग्वोले १६ औ मिनेटमा गोल गर्दै स्पेनलाई सुरुवाती अग्रता दिलाए । ६५ औ मिनेटमा यहोशु किंगले नर्वेका लागि बराबरी गोल फर्काए ।
७१ औ मिनेटमा सर्जियो रामोसले पेनाल्टीमा गोल गर्दै स्पेनलाई महत्वपुर्ण जित दिलाए । जितसंग स्पेनले समुहमा तीन अंक जोड्न सफल रह्यो । स्पेन १९६४, २००८ र २०१२ को युरो कप च्याम्पियन समेत हो ।
अधिकांश समय खेलमा पकड बनाएको स्पेनकालागि एट्लेटिको मड्रिडका अल्भारो मोराटाले धेरै गोलका अवसर खेर फालेका थिए ।