एजेन्सी । १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको उद्घाटन खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले चेन्नई सुपर किङ्सलाई जितका लागि ७१ रनको सामान्य लक्ष्य दिएको छ ।
चेन्नईमा टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोर १७ ओभर १ बलमा अलआउट हुँदै ७० रनमा समेटियो । चेन्नईका बलर चम्किदा बैंगलोरका लागि पृथ्वी पटेलले सर्वाधिक २९ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोडन सकेनन् ।
बैंगलोरका कप्तान विराट कोहली ६ रनमा आउट हुँदा मोइन अली र एबी डी भिलियर्सले समान ९/९ रन जोडे ।
बैंगलोरलाई सस्तैमा समेट्न चेन्नईका हरबजन सिंह र इमरान ताहिरले ३/३ विकेट लिए ।