विराटनगर । अखिल नेपाल फुटबल संघ एन्फाले विराटनगरमा सम्पन्न पाँचौ संस्करणको महिला साफ च्याम्पियनसिपको उपविजेता बनेको नेपाली टोलीका प्रत्येक सदस्यलाई १/१ लाख दिने निर्णय घोषणा गरेको छ ।
शनिबार बसेको एन्फाको १८ औं बार्षिक साधारण सभाको बैठकले उपविजेता टोलीलाई १/१ लाख नगद पुरस्कार दिने निर्णय गरेको हो ।
विराटनगरस्थित सहिद रंगशालामा शुक्रबार भएको फाइनलमा भारतसंग ३-१ गोल अन्तरले पराजित हुँदै नेपाल उपविजेता बनेको थियो ।
यसअघि प्रदेश १ सरकारले पनि उपविजेता टोलीलाई १/१ लाख दिने घोषणा गरिसकेको छ । यस्तै विराटनगर महानगरपालिकाले उपविजेता बनेको नेपाली टोलीलाई जनही ५०/५० हजार नगद पुरस्कार दिने जनाएको छ ।
साधारण सभाको बैठकले खोटाङ,नवलपरासी र मनाङ जिल्लालाई अस्थाई सदस्यता दिएको छ ।
एन्फाको निर्णयहरु हेर्नुहोस् :