एजेन्सी । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले मोरक्कोसंगको अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल गुमाउने भएका छन् ।
भेनेजुएलाविरुद्धको मैत्रीपूर्ण खेलमा चोट बोकेपछि मेस्सीले मोरक्कोसंगको खेल गुमाउने भएका हुन् ।
अर्जेन्टिनाले सोमबार मोरक्कोसंग मैत्रीपुर्ण खेल खेल्दैछ । तर, अर्जेन्टिना फुटबलले मेस्सीको कम्मरको जोड्नीको दुखाई बढेको कारण मोरक्कोसंगको खेल गुमाउने जनाएको छ ।
बार्सिलोनाका मेस्सी राष्ट्रिय टोलीमा फर्किएको खेलमा अर्जेन्टिना भेनेजुएलासंग ३-१ गोल अन्तरले पराजित भएको थियो । तर, मेस्सीले भेनेजुएलासंग नब्बे मिनेट नै मैदानमा बिताएका थिए ।
मेस्सी सन् २०१८ को विश्वकपपछि भेनेजुएलाविरुद्ध मैदान उत्रदै अर्जेन्टिनाको टिममा फर्किएका थिए ।