एजेन्सी । अन्तराष्ट्रिय मैत्रीपुर्ण खेलमा मेक्सिकोले चिलीलाई पराजित गरेको छ । शनिबार भएको खेलमा मेक्सिकोले चिलीलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
अमेरिकाको क्यालिफोर्नियामा मेक्सिकोलाई जित दिलाउन राउल जेमिनेज, हेक्टर मोरेनो र हिर्भिङ लोजानोले एक एक गोल गरे । चिलीका निकोलस कास्टिलोले एक गोल फर्काए ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५२ औं मिनेटमा जेमिनेजले गोल गर्दै मेक्सिकोलाई अग्रता दिलाए । खेलको ६४ औं मिनेटमा मोरेनोले मेक्सिकोको अग्रता २-० को बनाए । खेलको ६५ औं मिनेटमा लोजानोले गोल गर्दै मेक्सिको अग्रता ३-० को बनाए ।
त्यसपछि खेलको ६९ औं मिनेटमा चिलीका कास्टिलोले एक गोल फर्काएपनि मेक्सिकोले खेल ३-१ ले आफ्नो बनायो ।
चिलीविरुद्धको जितसंगै मेक्सिकोका प्रशिक्षक टाटा मार्टिनोले डेब्यु खेलमा जित निकाल्न सफल भएका छन् ।