एजेन्सी । उरुग्वे चाइना कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । शनिबार बिहान भएको खेलमा उरुग्वेले उज्वेकिस्तानलाई ३-० गोल अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो ।
चीनको गुवान्छि स्पोर्ट्स सेन्टरमा उरुग्वेलाई जित दिलाउन क्रिस्टियन स्टुवानीले दुई गोल गरे । यस्तै गास्टोन पेरिरोले एक गोल गरे ।
खेलको पाँचौ मिनेटमा पेरिरोले गोल गर्दै उरुग्वेलाई अग्रता दिलाएका थिए । खेलको २३ औं मिनेटमा स्टुवानीले गोल गर्दै उरुग्वेको अग्रता दोब्बर बनाए ।
त्यसपछि खेलको ८२ औं मिनेटमा स्टुवानीले व्यक्तिगत दोस्रो गोल गर्दै उरुग्वेलाई ३-० को जित दिलाए ।
उरुग्वे मुख्य दुई खेलाडी लुइस स्वारेज र एडिनसन काभानीबिना मैदान उत्रिएको थियो ।
अब उरुग्वेले फाइनलमा थाइल्याण्डसंग खेल्ने छ । थाइल्याण्ड चीनलाई हराएर फाइनल पुगेको हो ।
उरुग्वे साबिकको बिजेता समेत हो ।