एजेन्सी । साबिकको विजेता पोर्चुगल युरोकप छनोटको पहिलो खेलमा बराबरीमा रोकिएको छ । शुक्रबार राति भएको खेलमा पोर्चुगल युक्रेनसंग गोलरहित बराबरीमा रोकिएको हो ।
घरेलु मैदानमा पाएको अवसरलाई सदुपयोग नसक्दा पोर्चुगलले युक्रेनसंग अंक बाडेको हो । पोर्चुगलले युक्रेनको पोस्टमा आधा दर्जन बढी प्रहार गरेको थियो । तर, गोल गर्न भने सकेनन् ।
युक्रेनविरुद्ध मैदान उत्रदै कप्तान क्रिस्टियानो रोनाल्डो पोर्चुगलको टिममा फर्किएका थिए । तर, रोनाल्डोले पोर्चुगललाई जित दिलाउन सकेनन् । रोनाल्डोले रुस विश्वकपपछि पहिलो पटक पोर्चुगलबाट खेलेका हुन् ।
यो बराबरीसंगै पोर्चुगलले १ अंकबाट युरोकप छनोटको सुरुवात गरेको छ । समूह 'बी' मा रहेको पोर्चुगल समूहको दोस्रो स्थानमा छ । अब पोर्चुगलले दोस्रो खेलमा सर्बियासंग खेल्नेछ ।
यसै समूहको अर्को खेलमा लक्षमबर्गले लिथुनियालाई २-१ गोल अन्तरले पराजित गरेको छ ।