काठमाडौं । कतारमा जारी एएफसी यू-२३ च्याम्पियनसिप छनोटको पहिलो खेलमा नेपाल पराजित भएको छ । शुक्रबार भएको पहिलो खेलमा नेपाल ओमानसंग १-० गोल अन्तरले पराजित भएको हो ।
कतारको दोहास्थित स्पोर्टस सिटी सेन्टरको मैदानमा ओमानलाई जित दिलाउन युसुफ नासिर अल माल्कीले निर्णायक गोल गरे । खेलको १३ औं मिनेटमा माल्कीले गोल गर्दै ओमानलाई महत्वपूर्ण जित दिलाए ।
फिफा वरियतामा ७१ औं स्थान माथि रहेको ओमानविरुद्ध नेपाली टोली सबै पक्षमा कमजोर देखिएको थियो । फिफा वरियतामा नेपाल १ सय ६१ औं स्थानमा छ । ओमान ९० औं स्थानमा रहेको छ ।
ओमानसंगको हारसंगै नेपालको एएफसी यू-२३ च्याम्पियनसिपमा छनोट हुने सम्भावना कमजोर बनेको छ ।
नेपालले अब दोस्रो खेलमा आइतबार आयोजक कतारसंग खेल्ने छ । यस्तै अन्तिम खेलमा नेपालले मार्च २६ मा अफगानिस्तानसंग खेल्नेछ ।
छनोटको शीर्ष टोलीले थाइल्याण्डमा आयोजना हुने एएफसी यू-२३ च्याम्पियनसिप खेल्नेछन् । यस्तै दोस्रो टोली मध्ये उत्कृष्ट पाँच टोलीले पनि च्याम्पियनसिप खेल्ने मौका पाउनेछन् ।