काठमाडौं । एएफसी यू-२३ च्याम्पियनसिप छनोट अन्तर्गत पहिलो खेलमा नेपालले अहिले ओमानसंग प्रतिस्पर्धा गरिरहेको छ ।
कतारको दोहास्थित स्पोर्टस सिटी सेन्टरको मैदानमा जारी खेलको पहिलो हाफ सकिदा नेपाल १-० ले पछाडी परेको छ ।
ओमानको लागि युसुफ नासिर अल माल्कीले गोल गरेका हुन् । खेलको १३ औं मिनेटमा माल्कीले गोल गरेका थिए ।
आज नेपाल सकारात्मक नतिजा निकाल्ने योजनामा रहेको छ ।
छनोट अन्तर्गत नेपालले दोस्रो खेलमा मार्च २४ मा आयोजक कतार र अन्तिम खेलमा नेपालले मार्च २६ मा अफगानिस्तानसंग खेल्नेछ ।
छनोटको शीर्ष टोलीले एएफसी यू-२३ च्याम्पियनसिप खेल्नेछन् । यस्तै दोस्रो टोली मध्ये उत्कृष्ट पाँच टोलीले पनि च्याम्पियनसिप खेल्ने मौका पाउनेछन् ।