विराटनगर । नेपालकी सावित्रा भण्डारी र भारतकी ईन्दुमती काथिरिसान पाँचौ साफ च्याम्पियनसिपको सर्वाधिक गोलकर्ता बनेका छन् । प्रतियोगितामा चार÷चार गोल गरेका दुवैले सर्वाधिक गोलकर्ताको अवार्ड बाँडेका हुन् ।
प्रतियोगितामा सावित्रा सबै टिमविरुद्व गोल गर्न सफल भईन् । उनले भुटान, बंगलादेश, श्रीलंका र भारतविरुद्व समान एक गोल गरिन् ।
बंंगलादेशविरुद्व दुई गोल गरेकी ईन्दुमतीले श्रीलंका र माल्दिभ्सविरुद्व समान एक÷एक गोल गरेकी थिईन् ।
सावित्राले फाईनलमा गोल गर्दै राष्ट्रिय महिला फुटबल टिमबाट सर्वाधिक दोस्रो गोलकर्ता बन्न सफल भएकी छिन् ।
उनले जमुना गुरुङको २५ गोलको कीर्तिमान भंग गरेकी हुन् । उनको राष्ट्रिय टिमबाट गोल संख्या २६ पुगेको छ । सबै भन्दा बढी गोलको रेकर्ड भने अनु लामाको नाममा छ । उनले राष्ट्रिय टिमबाट ३५ गोल गरेकी छिन् ।
भारतकी डालिमा चिपर 'माेस्ट भ्यालुयवल प्लेयर' घाेषित भइन् । बंगलादेशले भने 'फेयर प्ले' अवार्ड जित्याे ।