विराटनगर । राष्ट्रिय महिला फुटबल टिमका मुख्य प्रशिक्षक हरी खड्काले फाईनलमा भारतसंगको पराजयको सम्पुर्ण जिम्मेवारी आफुले लिने बताएका छन् ।
खेलपछि आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक खड्काले प्रशिक्षकको हिसावले नेपालको पराजयको जिम्मेवारी आफ्नो हुने बताएका हुन् ।
‘सम्पुर्ण फुटलबप्रेमीसंग म माफी माग्छु । पराजयको सम्पुर्ण जिम्मेवारी समेत लिन्छुु ।’ उनले भने, ‘खेलाडीले मेहेनतका साथ खेले । खेलाडीले आफ्नो यही गतिलाई कायम राख्न आवश्यक छ ।’
साना साना गल्तीले भारतीय टिमविरुद्वको खेल गुमाउनु परेको उल्लेख गर्दै प्रशिक्षक खड्काले दोस्रो गोलनै खेलको ‘टर्निङ पोईन्ट’ भएको उल्लेख गरे ।
‘बललाई पास गरिदिएको भए, त्यो बल पोस्ट सम्म पुग्ने थिईन । डिफेन्डरको सानो गल्तीले गोल खान पुगियो । त्यहीनै खेलको टर्निङ पोईन्ट बन्न पुग्यो ।’ उनले दाबी गरे ।
प्रशिक्षक खड्काले महिला फुटबलमा अब लगानी गर्ने समय आएको उल्लेख गरे ।
‘नयाँ नेतृत्वले महिलाका लागि कार्यक्रम बनाएको छ । अब खेलाडीले नियमित खेल्ने बातावरण दिन आवश्यक छ ।’ उनले थपे ।
भारतीय टिमकी प्रशिक्षक मायामाेल रक्कीले आफ्नो टिम जितका लागि लायक भएको प्रतिक्रिया दिईन् ।
खेल निकै रोमाञ्चक रह्यो । जसरी युवा खेलाडीले मैदानमा खेले । हामी जितका लागि लायक थियौ । उनले भनिन् ।