काठमाडौं । भारतमा भ्रमणमा रहेको नेपाली यू-१९ क्रिकेट टोली दोस्रो अभ्यास खेलमा पराजित भएको छ ।
शुक्रबार भएको अभ्यास खेलमा नेपाल भारतको आन्ध्र प्रदेशको यू-१९ टोलीसंग ७२ रनले पराजित भएको हो ।
आन्ध्र प्रदेशले दिएको २९० रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको नेपाल ४५ ओभर २ बलमा २१७ रन बनाएर अलआउट भयो ।
नेपालका लागि पवन सरार्फले सर्वाधिक ३५ रन बनाए । यस्तै राशिद खानले अविजित ३४, कुसल मल्ल ३०, आसिफ शेख २५, अभिषेक बस्नेत २३, रित गौतम २१ र लोकेश बमले १६ रन बनाए ।
यसअघि पहिले ब्याटिङ गरेको आन्ध्र प्रदेशले ४९ ओभर ३ बलमा अलआउट हुँदै २८९ रन बनाएको थियो ।
यसअघि भएको पहिलो अभ्यास खेलमा नेपालले आन्ध्र प्रदेशलाई ६२ रनले हराएको थियो ।
आईसीसी यू-१९ विश्वकप क्रिकेटको एसिया छनोटका लागि विशेष तयारी गर्न नेपाली यू-१९ क्रिकेट टोलीले भारतको आन्ध्र प्रदेशमा रहेका छन् ।
नेपालले अब आन्ध्र प्रदेशको यू-१९ टोलीसंग २ अभ्यास खेल खेल्ने छ ।
अप्रिल दोस्रो साताबाट आयोजना हुने एसिया छनोटमा नेपालसहित ६ टोलीले प्रतिस्पर्धा गर्ने छन् ।
अप्रिल १० देखि २० सम्म हुने छनोटमा नेपालसहित, मलेसिया, सिंगापुर,युएई,कुवेत र ओमन रहेका छन् ।
विजेता टोलीले सन् २०२० मा दक्षिण अफ्रीकामा आयोजना हुने विश्वकपमा स्थान बनाउने छन् ।