काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्ट्राइकर साबित्रा भण्डारी (साम्बा) ले नेपालका लागि सर्वाधिक गोल गर्ने दोस्रो महिला खेलाडी बनेकी छिन् ।
घरेलु मैदानमा सम्पन्न महिला साफ च्याम्पियनसिपको फाइनलमा भारतविरुद्ध गोल गर्दै साबित्रा नेपालको लागि सर्वाधिक अन्तराष्ट्रिय गोल गर्ने दोस्रो खेलाडी बनेकी हुन् ।
साफमा ४ गोल गरेकी साबित्राले नेपालको लागि कुल २६ अन्तराष्ट्रिय गोल गर्दै सर्वाधिक गोल गर्ने खेलाडीमा आफुलाई उभ्याएकी हुन् ।
विराटनगरमा मंगलबार सुरु हुने साफ अघि स्ट्राइकर साबित्राले नेपालका लागि सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा आफुलाई उभ्याउने चाहना भएको बताएकी हुन् ।
साबित्राले पूर्व कप्तान जमुना गुरुङलाई पछि पार्दै सर्वाधिक गोल गर्ने दोस्रो खेलाडी बनेकी हुन् । जमुनाले नेपालको लागि २५ गोल गरेकी थिईन् ।
नेपालको लागि सर्वाधिक गोल गर्ने महिला खेलाडीको कीर्तिमान पुर्व कप्तान अनु लामाको नाममा रहेको छ । अनुले ३५ अन्तराष्ट्रिय गोल गर्दै नेपालका लागि सर्वाधिक गोल गर्ने महिला खेलाडीको कीर्तिमान बनाएकी छिन् ।