काठमाडौं । एएफसी यू-२३ च्याम्पियनसिप छनोट अन्तर्गत पहिलो खेलमा नेपालले आज ओमानसंग प्रतिस्पर्धा गर्दैछ ।
नेपाल र ओमानबीचको खेल दोहास्थित स्पोर्टस सिटी सेन्टरको मैदानमा बेलुका ७:४५ बजे सुरु हुनेछ । र, नेपालले ओमानविरुद्ध मैदान उत्रने नेपाली टोलीको सुरुवाती-११ को घोषणा गरेको छ ।
मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले कप्तान बिमल घर्ति मगर र अन्जन बिष्टलाई अग्र पंक्तिको जिम्मेवारी दिंदै सुरुवाती-११ घोषणा गरेका छन् ।
ओमानविरुद्ध मैदान उत्रदा नेपाल सकारात्मक नजिता ल्याउने योजनामा हुनेछ।
प्रि म्याच कन्फरेन्समा बोल्दै नेपाली टोलीका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले बलिया टोलीविरुद्ध दबाबरहित सकारात्मक नजिता ल्याउने योजनासहित मैदान उत्रने बताएका छन् ।
नेपाली टोलीको प्लेईङ सेट -
गोलकिपर : अर्पण कार्की
डिफेन्डर : सुमन अर्याल, अनन्त तामाङ, दिनेश राजवंशी,कमल श्रेष्ठ
मिडफिल्डर : सुनिल बल, हेमन्त थापा मगर, गौरव बुढाथोकी, तेज तामाङ
फरवार्ड : बिमल घर्ति मगर, अन्जन बिष्ट