काठमाडौं । भारतमा भ्रमणमा रहेको नेपाली यू-१९ क्रिकेट टोलीलाई दोस्रो अभ्यास खेलमा आन्ध्र प्रदेशको यू-१९ टोलीले जितका लागि २९० रनको लक्ष्य दिएको छ ।
नेपालविरुद्ध पहिले ब्याटिङ गरेको आन्ध्र प्रदेशले ४९ ओभर ३ बलमा अलआउट हुँदै २८९ रन बनायो । आन्ध्र प्रदेशले दिएको उच्च लक्ष्यसहित नेपालले केहि बेरमा जवाफी ब्याटिङ गर्नेछ ।
यसअघि बुधबार भएको पहिलो अभ्यास खेलमा नेपालले आन्ध्र प्रदेशलाई ६२ रनले पराजित गरेको थियो ।
आईसीसी यू-१९ विश्वकप क्रिकेटको एसिया छनोटका लागि विशेष तयारी गर्न नेपाली यू-१९ क्रिकेट टोलीले भारतको आन्ध्र प्रदेशमा रहेका छन् ।
अप्रिल दोस्रो साताबाट आयोजना हुने एसिया छनोटमा नेपालसहित ६ टोलीले प्रतिस्पर्धा गर्ने छन् ।
अप्रिल १० देखि २० सम्म हुने छनोटमा नेपालसहित, मलेसिया, सिंगापुर,युएई,कुवेत र ओमन रहेका छन् । विजेता टोलीले सन् २०२० मा दक्षिण अफ्रीकामा आयोजना हुने विश्वकपमा स्थान बनाउने छन् ।