विराटनगर । घरेलु मैदानमा जारी पाँचौ संस्करणको महिला साफ च्याम्पियनसिपको उपाधि जिते नेपाली टोलीका प्रत्येक सदस्यले २/२ लाख पुरस्कार पाउने भएका छन् ।
महिला साफ च्याम्पियनसिपको फाइनल अघि प्रदेश १ सरकारले उपाधि जितेमा नेपाली टोलीलाई नगद पुरस्कार दिने घोषणा गरेको हो ।
विराटनगरस्थित सहिद रंगशालामा नेपालले आज शुक्रबार फाइनलमा भारतसंग प्रतिस्पर्धा गर्दैछ । र, प्रदेश १ सरकारले भारतलाई हराएर उपाधि जिते खेलाडी र अफिसियललाई नगदसहित सम्मान गर्ने जनाएको छ ।
यस्तै उपविजेता बने नेपाली टोलीलाई समान १/१ लाखबाट पुरस्कृत गर्ने प्रदेश १ सरकारले जनाएको छ ।