विराटनगर । दक्षिण एसियाली फुटबल प्रतियोगिता साफको समापन प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राईले गर्ने भएका छन् ।
अखिल नेपाल फुटबल संघ एन्फाले विराटनगरमा सञ्चालित प्रतियोगिताको समापनमा प्रदेश सरकारका प्रमुख राईले गर्ने जनाएको छ ।
पछिल्लो समय घरेलु फुटबलमा प्रदेश नम्बर एकको सरकारले ठुलो लगानी गरिरहेको छ । प्रदेश लिगसंगै अन्तराष्ट्रिय गोल्डकप आयोजनामा प्रदेश सरकारले एन्फासंग औपचारिक सम्झौता गरेको छ ।
सोही कारण एन्फाले दक्षिण एसियाली फुटबल प्रतियोगिताको समापन समारोहमा प्रदेश मुख्य मन्त्रीलाई रोजेको हो ।
प्रतियोगिताको उद्घाटन नेकपाका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री पुष्पकमल दाहालले गरेका थिए । प्रधानमन्त्रीले स्वास्थ्य अवस्थाको कारण देखाउदै उद्घाटनमा सहभागिता जनाउन नसक्ने बताएपछि एन्फाले दाहालबाट प्रतियोगिताको उद्घाटन गराएको थियो ।